दफा ५५
सैनिक वा प्रहरीलाई भडकाउन नहुने

(१) कसैले नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालमा बहाल रहेका सैनिक, प्रहरी वा सशस्त्र प्रहरीजवान वा अधिकृतलाई नेपाली सेना वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपाल छाडी भाग्न वा भड्काउन वाअनुशासन भङ्ग गर्न दुरुत्साहन दिन वा कर्तव्यबाट विचलित गराउने उद्योग गर्न वा त्यसरी सेना वा प्रहरी वाबलबाट भागेको व्यक्ति हो भन्ने जानीजानी वा विश्वास गर्ने कारण भई त्यस्तो व्यक्तिलाई आश्रय दिन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।